भ्वाइस अफ अमेरिका बन्द गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णय
चैत ३, २०८१ सोमबार
काठमाडौं – बोनस र हकप्रद शेयरमा अंकित मूल्य १ सय रुपैयाँलाई नै आधार मानेर लाभकर लिने आन्तरिक राजश्व विभागको निर्णयविरुद्ध लगानीकर्ताले गरेकाे अान्दाेलनका कारण शेयर बजारमा कुनै काराेबार भएकाे छैन ।
नेपाल इन्भेष्टर फोरम, शेयर लगानीकर्ता संघ नेपाल र पूँजी बजार लगानीकर्ता संघकोे दवाबका कारण दलालहरुले कुनै पनि अर्डर लिएका छैनन् । जसका कारण यतिबेलासम्म शेयर कारोबार हुन सकेको छैन । लगानीकर्ताहरुले भेला भएर नेपाल स्टक एक्सचेञ्जमा धर्ना दिँदै छन् ।
लगानीकर्ताहरुले हिजो पनि कारोबार बन्द गर्ने घोषणा गरे पनि ४२ करोड रुपैयाँको शेयर किनबेच भएको थियो । तर आज लगानीकर्ताले सेयर कारोबार गराएमा जे पनि हुन सक्ने र त्यसको जिम्मेवार आफैँ हुने भन्दै दलालहरुलाई धम्की दिएका छन् । लगानीकर्ताहरुको तीन वटै संगठनको संयुक्त बैठकले आन्दोलन जारी राख्ने र लगानीकर्ताको आव्हान विपरीत कसैले शेयर किनबेच गरेमा त्यसबाट उत्पन्न हुन सक्ने घटनाको जिम्मेवारी सम्बन्धित ब्रोकर कम्पनीले नै लिनुपर्ने चेतावनी सहितको विज्ञप्ति जारी गरेको छ ।
सरकारले शेयर बजारमा लगाएको कर अन्यायपूर्ण रहेको भन्दै लगानीकर्ताले सरकारको निर्णय खारेजीको माग गरेका छन् । सरकारले पूँजीगत लाभकर ब्यक्तिगततर्फ पाँच प्रतिशतबाट साढे सात प्रतिशत बनाएको छ भने हकप्रद र बोनस शेयरको अंकित मूल्य १ सय रुपैयाँलाई आधार मानेर पूँजीगत लाभ कर लिने निर्णय गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।