अर्थमन्त्री शर्मा बिरामी, टिपोट गर्ने जिम्मा शिक्षामन्त्रीलाई

 जेठ २६, २०७९ बिहीबार १३:४४:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्मा बिरामी पर्नुभएको छ । प्रतिनिधि सभाको आज बिहीवारको बैठकमा नेकपा एमालेका सांसद भीम रावलले देशको अर्थतन्त्र समस्यामा परेको र संसदमा गहिरो बहस भइरहेको बेला अर्थमन्त्री नै अनुपस्थित भएको भन्दै आपत्ति जनाउनुभएको थियो । 

त्यसलगत्तै सभामुख अग्नि सापकोटाले अर्थमन्त्रीलाई आफ्नै आँखाले बैठक हलमा देखेको र उहाँ बिरामी भएकाले फर्किएको जानकारी गराउनुभयो । ‘उहाँ अर्थमन्त्री आउनुभएको थियो, मेरो आँखाले नै देखेँ उहाँ अस्वस्थ हुनुभएर मसँग बिदा मागेर जानुभएको छ, माननीय शिक्षामन्त्रीलाई उहाँले मेरो मन्त्रालयको बारेमा उठेका कुरा टिपोट  गरिदिनु भन्नुभएको छ, यो मानवीय कुरालाई ख्याल गरौँ’, सापकोटाले भन्नुभयो । 

त्यसपछि सांसद रावलले भन्नुभयो, ‘बजेट बनाउन थकाइ पनि लाग्यो होला, के भयो, कसो भयो, उहाँलाई बिसन्चाे छ भन्दाखेरि यो सदनबाट प्रतिनिधि सभाको सदस्यको हैसियतले माननीय अर्थमन्त्रीजीको सु–स्वास्थ्यको कामना गर्न चाहन्छु ।’ 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया