अमेरिकी एअरलाइन्सको विमान र सैन्य हेलिकप्टर दुर्घटनाबारे विभि...
माघ १८, २०८१ शुक्रबार
काठमाण्डाै - काठमाण्डौका सडक र चोकमा थुप्रिएका फाेहर आजदेखि उठ्ने भएको छ ।
काठमाण्डौ महानगरपालिका र प्रभावित क्षेत्रका स्थानीय बासिन्दाबीच गएराति सहमति भएसँगै आजदेखि फाेहर उठ्ने भएको हो ।
स्थानीय बासिन्दाका लागि महानगरले नियमित बजेट छुट्याउनुपर्नेदेखि पूर्वाधार निर्माणसम्मको सहमति भएको छ । राति ढुवानी गर्दा आवश्यक बत्ती तथा बाटोको निर्माण महानगरपालिकाले तीन महिनाभित्र गर्ने सहमति भएको छ ।
यस्तै सिसडोल तथा बन्चरे डाँडामा फाेहरको दुर्गन्ध नआउने गरी काठमाण्डौ महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने, फाेहरबाट निस्कने लिच्चड खोलामा नमिसाउने गरी दुई महिनाभित्र वैज्ञानिक व्यवस्थापन गर्ने, फाेहर बोक्ने गाडीबाट बाटोमा लिच्चड नचुहिने व्यवस्था एक महिनाभित्र मिलाउने सहमति पनि भएको छ ।
सहमति कार्यान्वयन र फाेहर व्यवस्थापन सँगसँगै हुने ल्यान्डफिल साइट प्रभावित क्षेत्रमा पर्ने नुवाकोटको ककनी गाउँपालिकाका वडा नं. १ का वडाध्यक्ष पदमबहादुर श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार सडकमा थुप्रिएको फाेहर व्यवस्थापन भएपछि फाेहर ढुवानी रातिको समयमा मात्रै गर्ने सहमति भएको छ ।
सहमति पत्रमा काठमाण्डौ महानगरमा मेयर बालेन्द्र साह, उपमेयर सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल तथा प्रभावित क्षेत्रमा पर्ने ककनी गाउँपालिका-१ का वडाध्यक्ष पदमबहादुर श्रेष्ठ, वडा २ का वडाध्यक्ष तिलकबहादुर लामा, धुनीबेसी नगरपालिका-१ वडाध्यक्ष मानबहादुर तामाङ र ३ का वडाध्यक्ष प्रकाश हमालले हस्ताक्षर गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।