तनहुँमा सडक भासिएको ठाउँमा दुई जना पुरुषको शव भेटियो

 जेठ २७, २०७९ शुक्रबार १०:३६:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ड्याम नजिक सडक भासिएको ठाउँभन्दा तल दुई जनाको शव भेटिएको छ ।

मर्स्याङ्दी नदी किनारमा दुई पुरुषको शव भेटिएको र मृतक दुवैको परिचय खुल्न नसकेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिनुभयो । त्यहाँ कार र मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा भेटिएकाले अन्य व्यक्ति पनि हुनसक्ने आशङ्कामा पोखरा र चितवनबाट आएको गोताखोर टोलीले नदीमा खोजीकार्य गरिरहेको छ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण सडक भासिँदा राजमार्ग अवरुद्ध छ। सडकको तलको भाग भासिएकाले बेलिब्रिज नराखेसम्म गाडी आवतजावत ठप्प हुने तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो।

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया