गृहले भन्याे– 'मिटर ब्याज' सम्बन्धी गतिविधि भएको पाए सीडीओ कार्यालयमा जानकारी गराउनुस्

 जेठ २७, २०७९ शुक्रबार १९:४७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गृह मन्त्रालयले मिटर ब्याजसम्बन्धी गतिविधिहरू भएको सूचना पाएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूमा जानकारी गराउन अनुरोध गरेको छ । मन्त्रालयले आज विज्ञप्ति निकालेर यस्ताे अनुराेध गरेकाे हाे ।

पछिल्लो समयमा विभिन्न पत्रपत्रिका, सञ्चारमाध्यम, सामाजिक सञ्जालमा प्रकाशित मिटर ब्याजसम्बन्धी समाचारहरूप्रति ध्यानाकर्षण भएको भन्दै जानकारी गराउन मन्त्रालयले आग्रह गरेको हो ।

मिटर ब्याजमा रकम उपलब्ध गराउने र त्यसबापत कानुन विपरीत ठूलो रकम ब्याज असुल गर्ने, सम्पत्ति कब्जा गर्ने, यौनशोषण गर्ने एवम् शारीरिक र मानसिक रूपमा यातना दिने लगायतका प्रकाशित समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । 

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया