बजेटबारे सांसदले उठाएका विषयलाई सरकारले सम्बाेधन गर्छ : डिला संग्राैला

 जेठ २७, २०७९ शुक्रबार २०:२६:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसकी सांसद डा. डिला संग्राैलाले आउँदाे बजेटबारे सांसदले उठाएका विषयलाई सरकारले सम्बोधन गर्ने दाबी गर्नुभएको छ । 

आज शुक्रवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद संग्राैलाले विभिन्न विषयमा सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई रुलिङ गर्नु भएकोले त्यस्ता विषय सम्बन्धित मन्त्रीहरूले कार्यान्वयन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले बजेट राम्रो आएकाले त्यसको कार्यान्वयनमा ढिलाइ नहुने तर्कसमेत गर्नु भयो । 

उहाँले भन्नुभयो, ‘कर बढी राखेकाे लगायतका विषय संसदमा उठेकाे छ । सम्बन्धित निकायले यसलाई ध्यानाकर्षण गर्ला । सांसदहरूले उठाएको कुरामा सभामुखले रुलिङ गर्नुभएको छ । सम्बन्धित मन्त्रीले कार्यान्वयन गर्नुहुन्छ ।’

सांसद संग्राैलाले बजेटले आयात प्रतिस्थापन गरेर देशको अर्थतन्त्रलाई दिगो बनाउन कृषि क्षेत्रको विकासमा जोड दिएको पनि बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया