१० महिनामा वैदेशिक शिक्षाको लागि मात्रै ५१ अर्ब ३४ करोड रुपैयाँ बाहिरियो, भ्रमण व्यय ७२ अर्ब

 जेठ २८, २०७९ शनिबार १४:१:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपालको खुद सेवा आय झन् घाटामा गएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको १० महिनामा नेपालको खुद सेवा आय ८९ अर्ब ३१ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको १० महिनामा खुद सेवा आय ५९ अर्ब ९७ करोड रुपैयाँले घाटामा रहेको थियो ।

गएको वर्षको १० महिनामा भन्दा यो वर्षको १० महिनामा सेवा आय ३० अर्ब रुपैयाँभन्दा बढी घाटामा गएको छ । खुद सेवा आय अन्तर्गत भ्रमण आय भने बढेको छ । साउनदेखि वैशाखसम्म नेपाल आउने पर्यटकले गर्ने खर्च अर्थात भ्रमण आय २ सय ५९ दशमलव ९ प्रतिशतले बढेर २२ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको १० महिनामा भ्रमण आय ६ अर्ब २४ करोड रुपैयाँ थियो । समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय अर्थात नेपालीले विदेशमा गर्ने खर्च १ सय ४३ प्रतिशतले बढेर ७२ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।

नेपालीले विदेशमा गरेको खर्च ७२ अर्ब ८ करोड रुपैयाँमध्ये शिक्षाको लागि मात्रै ५१ अर्ब ३४ करोड रुपैयाँ बाहिरिएको छ । अघिल्लो वर्षको १० महिनामा नेपालीले विदेशमा २९ अर्ब ६२ करोड रुपैयाँ खर्च गरेकोमा शिक्षाको लागि २२ अर्ब ६४ करोड रुपैयाँ बाहिरिएको थियो ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया