कमलबजार–साँइखोला ३३ केभी प्रसारण लाइनको काम शुरू
माघ १७, २०८१ बिहिबार
काठमाण्डाै - मानसिक सन्तुलन गुमाएका एक व्यक्ति प्रसारण लाइनको टावर हुँदै तारमा पुगेपछि ६० मेगावाट क्षमताको त्रिशूली थ्री 'ए' जलविद्युत् आयोजनाबाट उत्पादन बन्द भएको छ ।
नुवाकोटको ककनी नगरपालिका – ७ मा प्रसारण लाइनको तारमा मानसिक सन्तुलन गुमाएका एक व्यक्ति चढेपछि बिहान १० बजेदेखि आयोजना बन्द गरिएको विद्युत् प्राधिकरणका सुरेश बहादुर भट्टराईले उज्यालोलाई जानकारी दिनुभयो ।
‘ती व्यक्ति बिहान ९ बजेतिर टावरमा चढेको स्थानीयले देखेपछि हल्ला भयो, हामीले आयोजनाको उत्पादन बन्द गर्यौँ, दिउँसाेदेखि त उनी तारमै यताउता गरिरहेका छन्, उनी त्यहाँबाट नझरेसम्म आयोजना सञ्चालन हुँदैन’ भट्टराईले भन्नुभयो ।
आयोजनाबाट पूर्ण क्षमतामा बिजुली उत्पादन भइरहेको छ । त्रिशूली थ्री 'ए' बन्द हुँदा अहिले प्राधिकरणलाई विद्युत् व्यवस्थापनमा समस्या परेको छ । देशका केही ठाउँमा लोडसेडिङ गरिएको र भारतबाट आयात बढाइएको भट्टराईले जानकारी दिनुभयो ।
‘केही ठाउँमा लोडसेडिङ भइरहेको छ, केही ठाउँको लागि भारतबाट आयात बढाएका छौँ, एकजना मान्छेले गर्दा देशभरकै विद्युत् व्यवस्थापनमा गाह्रो पर्यो’ भट्टराईले भन्नुभयो । तारमा पुगेका व्यक्ति यताउता गरिरहेका छन्, उनलाई भुइँमा झार्न प्रहरीले अनेक कोसिस गर्दा पनि सफल भएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दिपक गुरुङ
June 11, 2022, 4:46 p.m.तेयो मान्छे तार म चढ्नु अघि तार म बिजुली थिएना कि लाईन काटेर तेसलाई माथी चढाई दिएको नि