कमलबजार–साँइखोला ३३ केभी प्रसारण लाइनको काम शुरू
माघ १७, २०८१ बिहिबार
काठमाण्डाै - नुवाकोटको ककनी गाउँपालिकामा विद्युत् प्रसारण लाइनको टावर हुँदै तारमा पुगेका एक व्यक्तिका कारण विद्युत् प्राधिकरणलाई एक करोड रुपैयाँभन्दा धेरै नोक्सानी भएको छ ।
मानसिक सन्तुलन गुमाएका व्यक्ति तारमा पुगेपछि उनको सुरक्षाको लागि प्राधिकरणले ६० मेगावाटको माथिल्लो त्रिशूली 'थ्री ए' र ५ मेगावाटको अर्को आयोजनाको उत्पादन बन्द गरेको थियो।
बिहान ११ बजेदेखि बेलुका झन्डै ८ बजेसम्म उत्पादन बन्द हुँदा प्राधिकरणको एक करोड रुपैयाँभन्दा धेरै नोक्सानी भएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले उज्यालोलाई जानकारी दिनुभयो ।
‘हाम्रो अहिले देखिएको नोक्सानी एक करोड रुपैयाँभन्दा धेरै देखिएको छ, यसबाट भएका अरु नोक्सानीको त कुरै छाडौँ ’ प्रवक्ता भट्टराईले भन्नुभयो । दिनभर ६५ मेगावाट बिजुलीको उत्पादन बन्द भएपछि प्राधिकरणलाई माग धान्न मुस्किल परेको थियो । केही ठाउँमा लोडसेडिङ भएको थियो भने भारतबाट समेत आयात बढाइएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।