पाल्पाका पूर्वसांसद भद्रबहादुर थापा मगरको निधन

 जेठ २८, २०७९ शनिबार २०:८:५६ | देव पचभैया
unn.prixa.net

पाल्पा - पाल्पाका पूर्व सांसद भद्रबहादुर थापा मगरको निधन भएको छ । पाल्पा क्षेत्र नम्बर १ का पूर्वसांसद तथा एमाले नेता ७० वर्षीय थापाको आज बिहान निधन भएको हो । 

२०५६ सालको आम चुनावमा पाल्पा क्षेत्र नम्बर १ बाट  प्रतिनिधि सभा सदस्यमा निर्वाचित थापाको रामपुर नगरपालिका-१० मा रहेकाे आफ्नै निवासमा निधन भएको हो । 

केही वर्षअघिदेखि मुटुको रोगबाट ग्रसित थापा स्थानीय भानुभक्त माध्यमिक विद्यालयका पूर्वशिक्षक पनि हुनुहुन्थ्यो ।

२०४७ सालमा संविधान जारी भएपछि २०४९ सालको पालिका चुनावमा तत्कालीन गेझा गाविसका अध्यक्ष हुनुभएका उहाँ २०५४ सालमा पुन: साविकको वडा नम्बर ४ को अध्यक्षमा निर्वाचित हुनुभएको थियो । त्यसपछि थापा पाल्पा जिल्ला विकास समितिको उपसभापति हुनुभएको थियो ।

२०६४ सालमा अन्तरिम विधायिका सदस्य रहनुभएका थापा पछिल्लो समय नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटी सल्लाहकार सदस्य हुनुहुन्थ्याे । उहाँका श्रीमती, एक छोरा र एक छोरी छन् । 

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया