काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाडाैं - काठमाडाैंमा जारी पाँचौ ढोरपाटन राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि सशस्त्र प्रहरीको एपीएफ र गण्डकी प्रदेशले प्रतिस्पर्धा गर्ने भएका छन् ।
शुक्रबार भएको सेमिफाइनलमा एपीएफले गीताञ्जली कलेजलाई र गण्डकी प्रदेशले ढोरपाटनलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।
नयाँ बसपार्कस्थित भलिबल कोर्टमा भएको पहिलो सेमिफाइनलमा एपीएफले गिताञ्जलीलाई ३–० को सेटमा पराजित गरेको थियो । पहिलो सेट २५–२२ ले जितेको एपीएफले दोस्रो र तेस्रो सेट २५–१८ र २५–१७ ले आफ्नो पक्षमा पारेको थियो ।
शुक्रबारनै भएको दोस्रो सेमिफाइनलमा गण्डकी प्रदेश पोखराले ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रलाई ३–१ले पराजित गरेको थियो ।
पहिलो सेट २२–२५ ले पराजित भएको गण्डकी प्रदेशले पछिल्ला तीन सेट जित्दै फाइनलमा पुगेको हो । गण्डकीले दोस्रो तेस्रो र चौथो सेट क्रमश २५–२१, २५–२३ र २५–१० ले जितेको थियो । प्रतियोगिता अन्तर्गत फाइनल खेल शनिबार हुने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।