क्षमतावान् युवा विदेश गइरहेका छन्, उनीहरूलाई देशमै अवसर दिनुपर्छ : मन्त्री गहतराज

 जेठ २९, २०७९ आइतबार १७:१६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज अथकले युवा उद्यमको नाममा लगानी भएको रकम सदुपयोग नभएको दाबी गर्नुभएको छ ।

युथ भिजन, १० वर्षे योजना तथा राष्ट्रिय युवा नीतिको विषयमा शिक्षा पत्रकार सञ्जाल (ईजोन) र राष्ट्रिय युवा परिषद्ले काठमाण्डौमा आज आइतवार गरेको परामर्श गोष्ठीमा बोल्दै मन्त्री गहतराजले विभिन्न कोष, प्रतिष्ठान, विकास समिति लगायतका नामबाट युवा उद्यमका नाममा अर्बौँ रुपैयाँ लगानी भएको र यसको सदुपयोग हुन नसकेको बताउनुभयो । 

उहाँले सरकारले देशको युवा शक्तिको क्षमता चिनेर काम गर्नुपर्नेमा ढिलाइ भइरहेको पनि बताउनुभयो । ‘देशमा १४ वटा कोष रहेछन्, सबैको काम उस्तै–उस्तै हो, राज्यको अर्बौँ रुपैयाँ खर्च भएको छ तर उपलब्धि छैन’, मन्त्री गहतराजले भन्नुभयो । 

देशमा युवाको क्षमताअनुसारको काम र उद्यमको वातावरण बन्न नसक्दा हरेक दिन क्षमतावान् र देशलाई चाहिने युवा विदेश गइरहेकोमा दुःख व्यक्त गर्दै मन्त्री गहतराजले नारामा मात्रै नभएर व्यवहारमै सरकारले काम गर्नुपर्ने बताउनुभयो । ‘क्षमतावान् र लाभपूर्ण उमेर समूहका व्यक्ति विदेश गएर अर्कैको देश समृद्ध बनाइदिन बाध्य छन्, उनीहरूलाई हामीले देशमै अवसर दिएर नेपाललाई समृद्ध बनाउने अभियानमा लाग्नुपर्छ’, उहाँले भन्नुभयो । 

कार्यक्रममा युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत, बाग्मती प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकाल, शिक्षा पत्रकार सञ्जालका अध्यक्ष प्रकृति अधिकारी लगायतले युवा नीति र युथ भिजनलाई समय सापेक्ष परिमार्जन गर्दै लैजानुपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Amir

    June 12, 2022, 10:30 p.m.

    हामी परदेशमा बसेकोलाई कि गिज्याएको ? परदेशमा जो आयो आयो अब स्वदेशमा बस्ने क्षमतावान् जो छ, पहिले उनीहरुलाई अवसर दिनुस, अनि कुरा गर्नुस मंत्री महोदय /

  •  0 Reply

तपाईको प्रतिक्रिया