बजेट पारित हुने बित्तिकै संसदमा नागरिकता विधेयक पेस हुन्छ : प्रधानमन्त्री देउवा

 जेठ ३०, २०७९ सोमबार १२:७:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पारित हुने बित्तिकै संसदमा नागरिकता विधेयक पेस गर्ने बताउनु भएको छ।

बिहान लोकतान्त्रिक समाजवादीका नेतासँगको भेटमा प्रधानमन्त्री देउवाले नागरिकता विधेयक छिट्टै पास हुने आश्वासन दिनु भएको हो।

जन्मसिद्ध नागरिकका छोराछोरीलाई नागरिकता दिनुपर्नेलगायत मागसहित यसअघि लोसपाका नेताहरुले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका थिए । तर अहिलेसम्म पनि नागरिकता विधेयक ल्याउने विषयमा कुनै प्रगति नभएको भन्दै बिहान फेरि प्रधानमन्त्रीलाई भेट्न गएको लोसपा नेता लक्ष्मणलाल कर्णले बताउनुभयो।

यस्तै, मधेस आन्दोलनलगायत विभिन्न आन्दोलनका क्रममा पक्राउ परेर थुनामा रहेकालाई थुनामुक्त र मुद्दा फिर्ताको विषयमा लोसपाका नेताहरुले प्रधानमन्त्री देउवासँग छलफल गरेका छन्।


 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया