कर छलेको आरोपमा चार जनाविरुद्ध ९ करोड रुपैयाँ बिगो माग राखेर मुद्दा दायर

 जेठ ३०, २०७९ सोमबार १५:२०:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतबाट भन्सार छलेर सामान ल्याइ सरकारलाई बुझाउनुपर्ने कर छलेको आरोपमा चार जनाविरुद्ध नौ करोड रुपैयाँ बिगो माग राखेर मुद्दा दायर भएको छ । 

राजस्व अनुसन्धान विभागले अर्घाखाँचीको छत्रदेव घर भइ बुटवल बस्ने नसिपदिन मियाँ, पाल्पा घर भइ बुटवलको मालिका ढुवानी सेवामा कार्यरत शंकरप्रसाद आचार्य, मनकामना सप्लायर्सका रेखा जैसवाल र भारतको गान्धीनगरका आशिष सिंहविरुद्ध नाै करोड २१ लाख रुपैयाँ बिगो माग राखेर उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । 

उनीहरूले मिलेमतो गरेर भारतबाट भन्सार चोरी पैठारी गरी मालवस्तु नेपाल ल्याएर काठमाण्डौ लगायतका सहरमा बिक्री गरेको र सरकारलाई बुझाउनुपर्ने भन्सार महसुल, मूल्य अभिवृद्धि कर तथा आयकर नतिरेको विभागले जनाएको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया