नेपाललाई 'कमिसन' प्रधान देश घाेषणा गर्न सांसद अरगरियाकाे माग

 जेठ ३०, २०७९ सोमबार १६:४६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपालका सांसद उमाशंकर अरगरियाले नेपाललाई कृषिप्रधान देश नभइ कमिसनप्रधान देश घोषणा गर्न माग गर्नुभएकाे छ । आज साेमवार प्रतिनिधि सभा बैठकमा बाेल्दै उहाँले यस्ताे व्यङ्ग्य गर्नुभएकाे हाे । 

सांसद अरगरियाले कृषिमा ६० प्रतिशत जनसङ्ख्या निर्भर भएको कुरालाई हटाएर राजनीतिमा ६० प्रतिशत जनसङ्ख्या निर्भर रहेको कुरा राख्न पनि माग गर्नुभयो ।

उहाँले अर्थमन्त्रीले ३० प्रतिशत आयात घटाउने बजेट वक्तव्यमा उल्लेख गरेको भन्दै ३० प्रतिशत आयात बढाउने भनेर वक्तव्यमा सच्याउनुपर्ने भनि व्यङ्ग्य गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया