ओली र श्रेष्ठबीचकाे भेट स्वाभाविक : देव गुरुङ

 जेठ ३०, २०७९ सोमबार १७:५२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले पार्टीका नेता नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष ओलीसँग गर्नुभएको भेटलाई स्वाभाविकै रूपमा लिइएको प्रतिक्रिया दिनुभएकाे छ । आज साेमवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उहाँले यस्ताे बताउनुभएकाे हाे । 

नेता गुरुङले आउँदाे असार १५ गते बस्ने केन्द्रीय कमिटी बैठकले पदाधिकारी चयन गर्ने सङ्केत गर्नुभयाे । सञ्चारकर्मीहरूले पदाधिकारी नियुक्ति कहिले हुन्छ ? भनी प्रश्न गरेका थिए । त्यसकाे जवाफ दिँदै उहाँले भन्नुभयाे, ‘पदाधिकारीको विषयमा पार्टीले आवश्यकताअनुसार केन्द्रीय कमिटीको बैठक बसेर उपयुक्त समयमा निर्णय गर्न सक्छ । अब असारको १५ गते केन्द्रीय कमिटीको बैठक बस्ने भनेर भनिएको छ । सम्भवतः त्यो बैठकमा पनि हुन सक्दछ ।’ 

नेता गुरुङले राष्ट्रिय स्वाधीनताको सवालमा निकट रहेको पार्टीसँग आउँदाे प्रदेश र प्रतिनिधि सभा चुनावमा सहकार्य गरेर जान सकिने धारणा राख्नुभयो । विगतमा संसद् विघटन गरेर प्रतिगमनतिर एमाले गएकाले आफ्नो पार्टीले कांग्रेससँग सहकार्य गरेर पालिका चुनावमा जानुपरेको उहाँकाे भनाइ छ । 

अन्तिम अपडेट: असार ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया