एमालेकाे अवराेधपछि प्रतिनिधि सभाकाे बैठक स्थगित

 जेठ ३१, २०७९ मंगलबार १७:५०:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधि सभाको आज मङ्गलवारको बैठक स्थगित गरिएको छ । 

अर्थमन्त्री जनार्दन शर्माले बजेट बनाउँदा बाहिरी मानिसले राजस्वकाे दर हेरफेर गरेको आरोपबारे छानबिन गर्न संसदीय समिति गठन गर्न माग गर्दै एमालेले संसद् बैठक अवरोध गरेको हो । एमाले प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गर्नुभयो । त्यसपछि एमालेका सांसदहरू आफ्नो ठाउँबाट उठेर संसदमा अवरोध गरे । एमालेका सांसदहरूले अर्थमन्त्री शर्माको राजीनामा पनि मागेका छन् । 

एमाले सांसदहरूले उठेर विरोध गरिरहेपछि सभामुख अग्निप्रसाद सापकोटाले भोलि बुधवार बिहान ११ बजेसम्मका लागि संसद् बैठक स्थगित गर्नुभएको हो । 

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया