सुनको भाउ आज ताेलामा ६ सय रुपैयाँले घट्याे

 असार १, २०७९ बुधबार ११:५४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज पनि घटेको छ । सुन तोलामा ६ सय रुपैयाँले घटेर ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुनकाे भाउ तोलामा ९७ हजार १ सय रुपैयाँ थियो । हिजो पनि सुनको भाउ  एकैदिन तोलामा १ हजार ८ सय रुपैयाँले घटेको थियो ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै आज पनि तोलामा १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया