आईएमईको 'जोड्दै छ नाता' अफर सार्वजनिक

 असार २, २०७९ बिहिबार १०:५४:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - 'इन्टरनेशनल डे अफ फेमिलि रेमिट्यान्स' को अवसरमा आईएमईले “जोड्दै छ नाता” अफर सार्वजनिक गरेको छ । 

अफर अनुसार इन्टरनेशनल डे अफ फेमिलि रेमिट्यान्सलाई लक्षित गरी आईएमईले विदेशबाट बैंकमार्फत डिपोजिट गर्ने पाँच जनालाई प्रतिव्यक्ति २२ हजार रुपैयाँ करबाहेक उपलब्ध गराउने छ ।

यो अफर १६ जुन अर्थात आज एक दिनका लागि मात्र लागू हुनेछ । 

विदेशमा श्रम गर्न जाने करौडौँ नागरिकहरूले रेमिट्यान्स पठाएर आर्थिक सङ्कटलाई पार लगाएको सम्मान स्वरूप यो दिनलाई विशेष दिनको रुपमा मनाइँदै आइएकाे हो ।

विकाशोन्मुख देशहरूका लागि रेमिट्यान्स जीवन निर्वाहको मुख्य श्रोत हो । यसरी व्यक्ति व्यक्तिले प्राप्त गर्ने रेमिट्यान्स देशको अर्थतन्त्रका लागि महत्त्वपूर्ण मानिन्छ । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया