एमाले सांसदको विरोधकै बीच संसदमा अर्थमन्त्री शर्मा जवाफ दिँदै

 असार २, २०७९ बिहीबार १३:५०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको छ । 

बजेट निर्माणको बेला बिचौलियालाई अर्थ मन्त्रालयमै बोलाएर करका दर हेरफेर गरेको भन्दै एमालेले अर्थमन्त्री शर्माको राजीनामा माग गरेको छ । तर एमालेका सांसदले आफ्ना ठाउँबाट उभिएर विरोध गरिरहँदा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री शर्मालाई अर्थ मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिन समय दिनुभएको छ । 

बैठकमा एमालेका सांसदले उठेर विरोध जनाइरहेका छन् भने अर्थमन्त्रीले बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिइरहनुभएको छ ।

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया