एसपीपीमा आबद्ध हुने निर्णय भएकै छैन, जाेडिने सोच पनि छैन : गृहमन्त्री खाण

 असार २, २०७९ बिहीबार १४:४५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले अमेरिकासँग स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) मा नेपाल आबद्ध हुने कुनै निर्णय र तयारी नभएको दोहोर्‍याएको छ ।

आउँदो आर्थिक वर्षका लागि पेस भएको बजेटमा रक्षा मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नको प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाणले एसपीपीमा आबद्ध हुने कुनै निर्णय सरकारले नगरेको बताउनुभयो । 

‘एसपीपीमा आबद्ध हुने निर्णय भएकै छैन र आबद्ध हुने सोच पनि छैन, यसमा कसैले पनि शङ्का गर्नुपर्दैन’, प्रधानमन्त्रीको तर्फबाट गृहमन्त्री खाणले भन्नुभयो । उहाँले नेपालको भूमि मित्र राष्ट्रहरूविरुद्ध प्रयोग हुन नदिन सरकार पूर्ण प्रतिबद्ध रहेको भन्दै राष्ट्रिय सुरक्षा र प्रतिरक्षाका विषयमा सरकारले संविधानमा भएको व्यवस्था, राष्ट्रिय हित, चासो र नागरिकको इच्छालाई केन्द्रविन्दुमा राखेर काम गरिरहेको पनि दाबी गर्नुभएको छ । 

आजको बैठकको सुरुमै नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एसपीपी सम्झौता एमाले सरकारका पालामा अगाडि बढेको प्रमाण दिन चुनौती दिनुभयो । आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीका पालामा सन् २०१९ मा एसपीपी अगाडि बढेको बताएकोप्रति आपत्ति जनाउँदै उपाध्यक्ष पोखरेलले एमाले सरकारका पालामा अगाडि बढेको प्रमाण पेस गरे जिम्मेवारी लिन तयार रहेको बताउनुभयो । 

अन्तिम अपडेट: माघ १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया