५ दिन ओरालो लागेको शेयर बजार आज बढ्यो, १ अर्ब १८ करोड रुपैयाँको कारोबार

 असार २, २०७९ बिहिबार १५:१७:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो समय लगातार घटिरहेको शेयर बजार आज बिहीवार भने सामान्य बढेको छ । 

जेठको २५ गते ६० अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से त्यसपछि कारोबार भएका पाँच दिनसम्म लगातार ओरालो लागेको थियो । नेप्से आज १२ दशमलव ५७ अङ्कले बढेर एक हजार नाै सय ७८ दशमलव ९४ विन्दुमा पुगेको छ । 

आज जीवन बीमा र लगानीबाहेक सबै समूहको शेयर सामान्य बढेको छ । दुई सय २१ वटा कम्पनीकाे ३५ लाख ९४ कित्ता शेयर एक अर्ब १८ करोड ७१ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १३ करोड ८८ लाख रुपैयाँको शेयर किनबेच भएको छ । 

आज आँधीखोला लघुवित्त, सामुदायिक लघुवित्त र रिभर फिल्स पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै लुम्बिनी जनरल इन्सुरेन्स र राष्ट्र उत्थान लघुवित्तको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया