चुरे संरक्षणबाट वातावरण जाेगिन्छ, स्थानीय जनताकाे जीवनस्तर फेरिन्छ : राष्ट्रपति भण्डारी

 असार २, २०७९ बिहीबार २०:३२:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

सिन्धुली – राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे संरक्षणबाट वातावरण जोगाउनुको साथै स्थानीय जनताको जीवनस्तर परिवर्तन हुने बताउनुभएको छ । 

चुरे दिवसको अवसरमा सिन्धुलीको दुधौली नगरपालिका ३ झुँगामा आज बिहीवार वृक्षरोपणपछि भएको कार्यक्रममा उहाँले चुरे संरक्षणले स्थानीय समुदायको जीविकोपार्जनका अवसर सिर्जना गर्ने बताउनुभयो । उहाँले जङ्गली वन्यजन्तुको वासस्थान, जडीबुटी तथा वनस्पतिको खानी र तराई–मधेस क्षेत्रमा सिँचाइका लागि आवश्यक पर्ने पानीको मुख्य स्रोत चुरे नै भएको बताउनुभयो । 

तराई–मधेसका जनतालाई प्राकृतिक विपद्बाट बचाउन पनि चुरेको संरक्षण अपरिहार्य भएको उहाँको भनाइ छ । चुरे क्षेत्रमा रहेका पालिकामा भर्खरै निर्वाचित जनप्रतिनिधिलाई भावी पुस्ताको बाँच्न पाउने अधिकारसमेतलाई ख्याल गरेर व्यवस्थित भौतिक विकास गर्न र वातावरणीय अध्ययन गरेर मात्र ढुङ्गा, गिट्टी, बालुवाजस्ता प्राकृतिक स्रोतको सङ्कलन र उत्खनन गर्न भण्डारीले आह्वान गर्नुभयो ।

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया