कालीगण्डकी नदीमा र्‍याफ्टिङका क्रममा बेपत्ता सात जनाकै उद्धार

 असार ३, २०७९ शुक्रबार ७:५४:१० | देव पचभैया
unn.prixa.net

पाल्पा - पाल्पाको  रानीमहल नजिकै कालीगण्डकी नदीमा र्‍याफ्टिङका क्रममा बेपत्ता भएका सात जनाकै उद्धार भएको छ ।

‍हिजाे बेलुका पाैने ७ बजेतिर र्‍याफ्टिङ गर्ने क्रममा डुङ्गा पल्टिएर बेपत्ता भएका सात जना भारतीय नागरिकको उद्धार भएकाे जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।  

रानीमहलको सुरक्षार्थ खटिएका प्रहरी र डुङ्गा चालकको सहयोगमा नदीमा बेपत्ता भएका सबैको सकुशल उद्धार भएको हो ।  

उनीहरुलाई रानीमहलदेखि डेढ किलोमिटर तलबाट उद्धार गरिएको हो । सेफ्टी ज्याकेट लगाएका कारण बेपत्ता सबैकाे सकुशल उद्धार भएको प्रहरीले जनाएको छ । 


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया