पाल्पा-बुटवल सडक खण्डमा तीन महिनासम्म टिपर चलाउन नपाइने

 असार ३, २०७९ शुक्रबार १०:५:९ | देव पचभैया
unn.prixa.net

साङ्केतिक तस्बिर

पाल्पा - पाल्पा-बुटवल सडक खण्डमा तीन महिनासम्म टिपर सञ्चालन रोक लगाइएको छ।

सडक डिभिजन कार्यालय, पाल्पाले सूचना निकालेर भदौ मसान्तसम्म टिपर सञ्चालनमा रोक लगाएको हो । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा बुटवल सडकका विभिन्न ठाउँमा  कालोपत्रे गर्ने काम भइरहेको छ।

ठूला र भारवहन बढी रहेका गाडी सञ्चालन हुँदा कालोपत्रे सडकलाई असर गर्ने र सडक जीर्ण बन्ने भएकाले टिपर सञ्चालनमा रोक लगाएको कार्यालयले जनाएको छ ।

पाल्पा-बुटवल सडकमा पछिल्लो समय दैनिक ३ हजार ५ सयभन्दा बढी टिपर सञ्चालन हुँदै आएका छन् । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया