हिउँ चितुवाकाे छालासहित गाेङ्गबुबाट ३ जना पक्राउ

 असार ३, २०७९ शुक्रबार १८:३३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डाै – काठमाण्डाैकाे टोखा नगरपालिका १० गोङ्गबुबाट संरक्षित वन्यजन्तु हिउँ चितुवाको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धादिङ खानियाबास गाउँपालिका २ झार्लुङका ४८ वर्षीय खार्पा तामाङ, धादिङकै गङ्गाजमुना गाउँपालिका ६ आरुबोटेका ३९ वर्षीय सुकबहादुर घले र ४१ वर्षीय सूर्यबहादुर घले रहेका छन् ।

गोङ्गबु क्षेत्रमा संरक्षित वन्यजन्तुको आखेटोपहार ओसारपसार गरी खरिद बिक्री गर्न लागिएकोे सूचनाको आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । 

खार्पाले बोकेको झोलाभित्र लुकाएर राखेको अवस्थामा वन्यजन्तुको छाला फेला पारिएको र अनुसन्धानका क्रममा तीनै जना संलग्न रहेको पाइएको छ । उनीहरूलाई आवश्यक करबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाण्डाै पठाइएकाे ब्युराेले जनाएको छ । 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया