पहिराे खसेपछि बेसीसहर–चामे सडक बन्द, भैसे–भीमफेदी सडकमा गाडी चल्न थाले

 असार ४, २०७९ शनिबार १२:१६:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – पहिरोले लमजुङको बेसीसहर–चामे सडक फेरि बन्द भएकाे भएको छ । हिजो शुक्रवार दिउँसोदेखि सञ्चालनमा आएको सडकको बेसीसहर नगरपालिका ६ खरखरे भिरमा आज शनिवार बिहान पहिरो गएको हो । 

पहिराे खसेपछि यात्रु अलपत्र परेका जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी जगदीश रेग्मीले बताउनुभयो । डुम्रे–बेसीसहर–चामे सडक योजना कार्यालय लमजुङले बाटो खुलाउने प्रयास गरिरहेको जनाएको छ । बेसीसहर–चामे सडक लमजुङ र मनाङ जिल्ला जोड्ने एक मात्र सडक हो ।

यसैबीच पहिराे खसेर बन्द भएकाे भैसे–भीमफेदी सडक खण्डमा गाडी चल्न थालेका छन् । मकवानपुरको भीमफेदी गाउँपालिका ४ पान्द्राङमा गए राति वर्षासँगै आएको पहिरोका कारण सडक बन्द भएको थियो । 

आज बिहानदेखि दुईतर्फीरूपमा गाडी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । 

यस्तै हेटौँडा–भीमफेदी हुँदै काठमाण्डाै जोड्ने छोटो मार्ग सिस्नेरी सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन । केही दिनदेखि बन्द सडक खण्डमा गाडी सञ्चालनका लागि पहिरो हटाउने काम भइरहेको भीमफेदी प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया