कमलबजार–साँइखोला ३३ केभी प्रसारण लाइनको काम शुरू
माघ १७, २०८१ बिहिबार
काठमाण्डाै - बिहान साढे ११ बजेदेखि बन्द भएको नारायणगढ–मुग्लिन सडक अझै खुलेको छैन ।
चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ चारकिलोमा सुक्खा पहिरो खसेर सडक बन्द भएको हो ।
पहिरो पन्छाउने काम भइरहेको र ठूलो पहिरो भएका कारण समय लागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो ।
सडक खुलाउन अझै एक घण्टा लाग्ने उहाँले बताउनुभयो । सडक बन्द हुँदा गाडीहरुको लामो लाइन लागेको छ । बाटोमा रोकिनुको साथै गर्मीका कारण झनै समस्या भएको यात्रुहरुले बताएका छन् । बर्खा लागेसँगै यस ठाउँमा पटक–पटक पहिरो खसेर सडक बन्द हुँदै आएको छ । जसका कारण यात्रुले सास्ती बेहोर्दै आउनुपरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।