कमलबजार–साँइखोला ३३ केभी प्रसारण लाइनको काम शुरू
माघ १७, २०८१ बिहिबार
काठमाण्डाै - गएरातिको वर्षाले मुख्य सडकका ठाउँ-ठाउँमा पहिरो गएको छ।
पहिरोका कारण हेटौँडा–कुलेखानी–फाखेल सडक खण्ड र खोटाङ, उदयपुर जोड्ने सडक ठप्प भएको छ । यी सडक खण्डमा अहिले गाडी चल्न सकेको छैन ।
साना ठूला दुवै गाडीको आवतजावत ठप्प छ । हेटौँडा–कुलेखानी–फाखेल सडक खण्ड हेटौँडा–काठमाण्डौ जोड्ने छोटो दूरीको सडक हो ।
यस्तै, मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको गोलान्जोरमा पनि पहिरो जाँदा खोटाङ र उदयपुर जाने आउने गाडी ठप्प भएका छन् ।
नारायणगढ-मुग्लिन सडक खण्डमा भने बिहानैदेखि चापमा गाडी चलिरहेको छन् । पहिरो हटाए पछि बिहानदेखि यो सडक खण्ड खुलेको छ । तर, दुईतर्फी नै सडक खुलाए पनि गाडीको सङ्ख्या धेरै रहेकाले चाप रहेको मुग्लिनका प्रहरी निरीक्षक सुन्जित तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने काली खोलामा ठूलो पहिरो खसेको थियो ।
पहिरोले गुडिरहेको दुई वटा मोटरसाइल र एउटा स्कुटर आंशिक रुपमा पुर्दा तीन जना घाइते भएका छन् । उनीहरुलाई उद्धार गरी अस्पताल पठाएको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरी निरीक्षक तामाङले जानकारी दिनुभयो ।
पानी पर्ने बित्तिकै पहिरो जाने भएकाले मुग्लिन-नौबिसे र मुग्लिन-नारायणगढ सडक खण्डको यात्रा जोखिमपूर्ण बन्दै गएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।