अमेरिका भ्रमण र एसपीपीबारे संसदीय समितिले प्रधानमन्त्री देउवासँग छलफल गर्दै

 असार ५, २०७९ आइतबार ८:१७:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - अमेरिका भ्रमणबारे प्रधानमन्त्री शेरबहादुर देउवाले आज संसदीय समितिमा जवाफ दिनुहुने भएको छ । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्रीलाई बोलाएको हो ।

समितिको बिहान १० बजे बस्ने बैठकमा एसपीपीबारे सरकारको निर्णय र अमेरिका भ्रमणबारे प्रधानमन्त्रीसँग छलफल गर्ने एजेण्डा छ । देउवालाई भ्रमणका सन्दर्भमा उठेका सवालहरूको जवाफका लागि बोलाइएको समितिले जनाएको छ  ।

समितिले प्रधानमन्त्री देउवाको आसन्न भ्रमणका सिलसिलामा कुनै पनि विवादास्पद एवम् असंलग्न परराष्ट्र नीतिसँग मेल नखाने सहमति नगर्न यसअघि नै सरकारलाई निर्देशन दिइसकेको छ । यसअघि अस्ति शुक्रवार समितिले परराष्ट्रमन्त्री नारायण खड्का र प्रधान सेनापति प्रभुराम शर्मालगायतसँग एसपीपीका विषयमा उठेका प्रश्नको जवाफ मागेको थियो ।

जवाफमा परराष्ट्रमन्त्री खड्का र प्रधान सेनापति शर्माले एसपीपी नेपालको हितमा नरहेकाले यसमा कुनै सम्झौता नहुने बताउनु भएको थियो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया