भुटानी शरणार्थीको स्वदेश फिर्ती अभियानका नेता डाक्टर भम्पा राईको निधन

 असार ५, २०७९ आइतबार १०:२१:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भुटानी शरणार्थीको स्वदेशी फिर्ती अभियानका नेता डाक्टर भम्पा राईको निधन भएको छ ।

विराटनगरमा रहेको नोबेल अस्पतालमा उपचारका क्रममा राईको बिहान निधन भएको हो । मुटुको चाल कम भएपछि ७५ वर्षीय राईलाई हिजो अस्पताल भर्ना गरिएको थियो । पाँच दिन अघि राईको हर्नियाको शल्यक्रिया गरिएको थियो ।

भुटानी नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी, समेत रहेका राई झापाको दमक नगरपालिकाले उपलब्ध गराएको भाडाको घरमा एक्लै बस्दै आउनु भएको थियो । भुटानी राजाका निजी डाक्टर समेत रहेका राई सन् १९९१ मा भुटानबाट नेपाली भाषी लखेटिँदा स्वेच्छाले नेपाल आउनु भएको थियो ।

१ लाख १३ हजारभन्दा बढी भुटानी शरणार्थी आप्रवासनमा पश्चिमा देश गए पनि डाक्टर राई भने अझै घर फिर्तीको अडानमै अडिग हुनुहुन्थ्यो  । सन् १९९० पछिका वर्षहरूमा भुटानबाट लखेटिएका शरणार्थीहरूको स्वदेश फिर्ती समितिका अध्यक्ष पनि हुनुहुन्थ्यो ।

बङ्ग्लादेशको ढाका विश्वविद्यालयमा चिकित्साशास्त्र अध्ययन गरेका डाक्टर राई सन् १९७५ सालदेखि चिकित्सा पेसामा संलग्न हुनुहुन्थ्यो । उहाँकी श्रीमती उर्मिलाको पाँच वर्षअघि निधन भएको थियो । 

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया