ताप्लेजुङमा पहिराेले आठ घर बगायो

 असार ५, २०७९ आइतबार ११:१९:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

ताप्लेजुङ - ताप्लेजुङमा आठ वटा घर पहिराेेले बगाएको छ । निरन्तर वर्षा भएसँगै गएको पहिराेले आठ वटा घर बगाएको हो । गएको बिहीवारयता जिल्लामा वर्षाका कारण बाढी–पहिराेले क्षति गर्न थालेको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार सिरीजङ्घा गाउँपालिका–६ मामाङ्खे गाउँमा दुई र वडा नं ७ खेवाङ गाउँमा एक गरी तीन घर पहिराेले बगाएको छ । ३५ घरपरिवार विस्थापित हुन पुगेका समितिले जनाएको छ ।

विस्थापित परिवार अहिले सुरक्षित ठाउँमा रहेको विद्यालयमा बस्दै आएको सिरीजङ्घा गाउँपालिकाका उपाध्यक्ष चित्र माबोले जानकारी दिनुभयो । गएको शुक्रवार सिरीजङ्घामा पहिराेमा परि दुई जनाको ज्यान गएको थियो । त्यस्तै मिक्वाखोला गाउँपालिकामा तीन घर पहिराेले बगाएको विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताउनुभयो ।

फक्ताङलुङ गाउँपालिका–२ खेजिनेम गाउँमा दुई घर पहिराेले बगाएको छ । तीस घरपरिवार विस्थापित भएका फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बुले जानकारी दिनुभयो । उहाँका अुनसार जोखिमयुक्त बस्तीका घरपरिवालाई सुरक्षित ठाउँमा जानका लागि आवश्यक सामग्रीसमेत गाउँपालिकाले उपलब्ध गराइसकेको छ । केही घरपरिवार विद्यालयको भवनमा समेत बस्दै आएको गाउँपालिकाले जनाएको छ ।

निरन्तर वर्षाका कारण गाउँ–गाउँका बस्ती उच्च जोखिम छन् । सदरमुकामबाट गाउँपालिका केन्द्रसम्म पुग्ने सडक अवरुद्ध हुँदा यातायात सञ्चालनमासमेत समस्या हुँदै आएको विपद् व्यवस्थापन समितिले जनाएको छ । 

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया