पेट्रोलियम पदार्थमा भएकाे मूल्यवृद्धि फिर्ताकाे माग गर्दै प्रदर्शन

 असार ६, २०७९ सोमबार १२:२२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि भएपछि ठाउँठाउँमा यसको विरोध सुरु भएको छ । विराटनगर, रुपन्देही लगायतका ठाउँमा विरोध प्रदर्शन भएको छ ।

मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै बुटवलमा एमाले निकट अनेरास्ववियुले प्रदर्शन गरेको छ । उनीहरुले केहीबेर गाडीको अवागमन समेत रोकेका प्रहरीले जनाएको छ । यस्तै, यातायात व्यवसायीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विराटनगरमा चक्काजाम गरेका छन् ।

सरकारले गएरातिदेखि लागू हुने गरी मूल्य बढाएपछि यसको चौतर्फी विरोध भएको छ । भाउ घटाएर नागरिकलाई राहत दिन दबाब बढेको छ । सामाजिक सञ्जालमा मूल्यवृद्धिको विरोध गर्दै इन्धनमा भारी वृद्धि हुँदा गाडीभाडादेखि बजार मूल्यसम्म आकाशिने भएकाले यसतर्फ ध्यान दिन सबैले सरकारलाई आग्रह गरेका छन् ।

आयल निगमले डिजल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले भाउ बढाएको हो । यससँगै एक लिटर पेट्रोलको मूल्य १ सय ९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजल र मट्टीतेल किन्न १ सय ९२ रुपैयाँ तिर्नुपर्ने भएको छ ।

निगमले हवाई इन्धनमा पनि आन्तरिकतर्फ १९ रुपैयाँले बढाएर १ सय ८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने एक सय अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ । खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको  निगमले जनाएको छ ।
 

अन्तिम अपडेट: माघ १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया