सङ्घीय संसद्को दुवै सदनकाे बैठक बस्दै

 असार ६, २०७९ सोमबार १२:३७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सङ्घीय संसद्को दुवै सदनका बैठक आज बस्दैछ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्दैछ ।

आजको प्रतिनिधि सभा बैठकमा विभिन्न विधेयकहरु दफावार छलफलका लागि पेस गर्ने तथा पारित गर्ने कार्यसूची छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) पहिलो संशोधन विधेयक २०७९ दफावार छलफलका लागि पेस गर्नु हुनेछ ।

यस्तै, आर्थिक विधेयक २०७९ माथि छलफल गरी प्राप्त संशोधनहरुलाई निर्णायार्थ प्रस्तुत गरिने संसद् सचिवालयले जनाएको छ । यस्तै, अर्थमन्त्री जनार्दन शर्माले 'आर्थिक विधेयक २०७९' लाई पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नुहुनेछ । 

मन्त्री शर्माले ‘राष्ट्र ऋण उठाउने विधेयक २०७९' लाई दफावार छलफल गरी पारितका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया