शेयर बजार ५० अङ्कले घटेर १९ सय विन्दुभन्दा तल, बेच्नेको लहरले कारोबार रकम बढ्यो

 असार ६, २०७९ सोमबार १५:११:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो समय लगातार ओरालो लाग्दै आएको शेयर बजारको पहिरो आज पनि रोकिएको छैन । शेयर बजार परिसूचक नेप्से आज साेमवार ४९ दशमलव ३१ अङ्कले घटेर १ हजार ८ सय ८४ दशमलव ८१ विन्दुमा झरेको छ । 

आज सबै समूहको शेयर घटेर राताम्मे भएकोमा विकास बैंक, जलविद्युत्, उत्पादन, बीमा र लघुवित्तको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय ३० वटा कम्पनीको शेयर कारोबार भएकोमा पाँच वटा कम्पनीबाहेक सबैको शेयर घटेको छ । 

शेयर बजार लगातार घटेपछि बेच्नेहरूको लहरले आज कारोबार सङ्ख्या र रकम भने बढेको छ । ६१ लाख ८६ हजार कित्ता शेयर एक अर्ब ७५ करोड रुपैयाँमा कारोबार भएकाे छ । 

आज सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनीको शेयर १० प्रतिशतले तथा कालिका पावर र रिभर फल्स कम्पनीको शेयर नाै प्रतिशत भन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि आँधीखोला र सीवाईसी लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया