एसपीपीमा नजाेडिने भनेर अमेरिकालाई पत्र पठाउने सरकारको निर्णय

 असार ६, २०७९ सोमबार १९:४३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले अमेरिकाको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) मा नजाेडिने निर्णय गरेको छ ।

आज साेमवार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले एसपीपीमा नजाेडिने बताउँदै अमेरिकालाई पत्र पठाउने निर्णय गरेको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो ।

बैठकले एसपीपीको विषयमा यसअघि भएका पत्राचारमा कुटनीतिक कमजोरी भएको पनि निष्कर्ष निकालेको छ । अमेरिकी सैन्य गतिविधिसँग जोडिएको एसपीपीमा सहभागी हुनका लागि सरकारले सन् २०१५ मै अमेरिकालाई लेखेको पत्र सार्वजनिक  भएपछि यसको चौतर्फी विरोध भएको थियो । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया