युक्रेनमा उत्पादित खाद्यान्नमा रुसले लगाएको नाकाबन्दीमा ईयूको कडा टिप्पणी

 असार ७, २०७९ मंगलबार ६:३९:४६ | एजेन्सी
unn.prixa.net

युक्रेनमा उत्पादित खाद्यान्नमा रुसले लगाएको नाकाबन्दीमा यूरोपेली सङ्घ ईयूले कडा टिप्पणी गरेको छ ।

ईयूका विदेशनीति प्रमुख जुजेप बोरेलले रुसले खाद्यान्न रोकेर युद्ध अपराध गरेको प्रतिक्रिया दिनुभएको छ । दशौँ लाख टन गहुँ युक्रेनमा अड्किरहँदा बाँकी विश्वका मानिसले भोकमरीको सामना गर्नुपर्ने अवस्थाको कल्पना गर्न नसकिने ईयूका विदेशनीति प्रमुख बोरेलको भनाइ छ ।

साथै उहाँले रुसलाई विश्वव्यापी भोकमरीसँग नखेल्न र युक्रेनी बन्दरगाहको अवरोध खुलाउन समेत आह्वान गर्नुभएको बीबीसीले उल्लेख गरेको छ । पश्चिमा देशहरूले रुसलाई युक्रेनको ब्ल्याक सी तर्फका बन्दरगाहमा नाकाबन्दी अन्त्य गर्न र खाद्यान्नको विशाल भण्डार विश्व बजारसम्म पुर्याउने बाटो खोल्न माग गरिरहेका छन् ।

रुसले भने खाद्यान्नको बढ्दो मूल्य र मध्यपूर्व तथा अफ्रिकामा देखा परेको खाद्य सङ्कट ईयूले लगाइरहेको आर्थिक नाकाबन्दीका कारण भएको दाबी गर्दै आएको छ । रुसी दाबीमा २७ देश सदस्य रहेको ईयूमा भिन्न मत देखिन्छ ।

बोरेलले आफूहरूको प्रतिबन्ध खाद्यान्न र मलखादमा लक्षित नरहेको र यो सङ्कटका लागि युरोपेली आर्थिक प्रतिबन्ध जिम्मेवार नरहेको बताउनुभएको छ ।
 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया