जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने सरकारको निर्णय

 असार ७, २०७९ मंगलबार १०:५६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको छ ।

शिक्षा क्षेत्रको विकास तथा नेपाललाई विश्वसामु चिनाउन पुर्याएको योगदानको कदर गरी सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले लेखेको अक्षराङ्क शिक्षा नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ । १९३४ साल भदौमा बझाङमा जन्मिएका सिंहको १९९७ साल असोज १ गते निधन भएको थियो ।

त्यस्तै पछिल्लो मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवा राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा सहसचिव विनोदप्रकाश सिंहलाई बढुवा गर्ने निर्णय भएको छ ।

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई नेपाल वायुसेवा निगम ऐन–२०१९ को दफा २० बमोजिम निलम्बन गरी जाँचको कार्य अघि बढाउने, कोहलपुर सुर्खेत १ सय ३२ केभी प्रसारण लाइन आयोजनाका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने, राष्ट्रिय समाचार समिति राससको रिक्त पदमा धर्मेन्द्र झालाई नियुक्ति गर्नेलगायतका निर्णय गरेको छ । 

साथै हिजो बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)अघि नबढाउने निर्णय समेत गरेको थियो ।
 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया