डलर भन्दै कागजका टुक्रा दिएर ८ लाख रुपैयाँ ठगी गर्ने एक जना पक्राउ

 असार ७, २०७९ मंगलबार १८:२७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – डलर भन्दै कागजका टुक्रा दिएर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीको टोलीले जेठ १७ गते काठमाण्डाै महानगरपालिका १४ कलङ्कीमा सिन्धुपाल्चोक सुनकोशीका ६२ वर्षीय एक व्यक्तिलाई ठगी गर्ने सिन्धुपाल्चोक बाह्रबिसेका ३३ वर्षीय कुमार श्रेष्ठलाई पक्राउ गरी आज मङ्गलवार सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार आमा बिरामी भएको बहाना बनाइ डलर भनी कागजको टुक्रा दिएर ठगी गर्ने श्रेष्ठलाई कलङ्कीबाट पक्राउ गरिएको हो । ‘श्रेष्ठले पीडितसँग डलर भन्दै प्लास्टिककाे थैलीमा डलरको साइजमा काटिएका कागजका टुक्रा राखेर ठगी गरेको अनुसन्धानबाट खुलेको छ’, उहाँले भन्नुभयो ।

पक्राउ परेका श्रेष्ठलाई मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद–२१ को २४९ को ठगी गर्न नहुने कसुरमा जिल्ला अदालत काठमाण्डाैबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रवक्ता मैनालीले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया