थप १९ जनामा काेराेना पुष्टि, १० जना निकाे

 असार ७, २०७९ मंगलबार १९:१८:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी दुई हजार आठ सय १४ जनाको नमुना परीक्षण गर्दा १९ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यही अवधिमा १० जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । अहिले नेपालमा एक सय २४ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । 

यसैबीच पछिल्लो २४ घण्टामा ७३ हजार तीन सय एक जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएकाे छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया