मेलम्चीकाे विकल्प : सिस्नेरी खोलाबाट दैनिक १५ कराेड लिटर पानी काठमाण्डाैमा

 असार ८, २०७९ बुधबार १०:२१:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – काठमाण्डौ उपत्यकामा खानेपानीको समस्या समाधानका लागि वैकल्पिक रुपमा मकवानपुरमा रहेको सिस्नेरी खोलाको पानी आपूर्ति गर्ने आयोजनाको पूर्व सम्भाव्यता अध्ययन सकिएको छ ।

काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले सम्भाव्यता अध्ययन गरी दैनिक १५ करोड लिटर पानी लिफ्टिङ गरी काठमाण्डौ ल्याउन सकिने प्रारम्भिक प्रतिवेदन दिएपछि खानेपानीमन्त्री उमाकान्त चौधरीले त्यो ठाउँको स्थलगत भ्रमण गर्नुभयो । स्थलगत अध्ययनपछि चौधरीले पाइपलाइन बिछ्छयाएपछि दैनिक ६ करोड लिटर पानी काठमाण्डौ ल्याउन सकिने बताउनुभयो ।

मेलम्चीको विकल्पका रुपमा यो आयोजनालाई अघि बढाउन लागिएको उहाँले जानकारी दिनुभयो । यो आयोजनाको खर्च मेलम्चीको भन्दा कम लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । 

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया