आरजु राणा २ सय ५५ मिटर अग्लो भिरमा रहेको स्काई क्याफेमा

 असार ८, २०७९ बुधबार १४:२३:४ | उज्यालो सहकर्मी
unn.prixa.net

बाग्लुङ – प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा बाग्लुङकाे बलेवामा रहेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा निर्मित स्काई क्याफेमा बसेर चियापान गर्नुभएकाे छ ।

कालीगण्डकी नदी खोँचमा नदिदेखि दुई सय ५५ मिटर अग्लो भिरमा स्टिलको डोरीमा झुन्ड्याएर बनाइएकाे स्काई क्याफेमा देउवाले नेपाली कांग्रेस नेता अर्जुन जोशीलगायत कार्यकर्तासँगै बसेर चियापान गर्नुभएकाे हाे । 

पर्यटकले स्काई क्याफेमा १५ मिनेट समय पाउँछन् । जुस वा कफीसहित फुड प्लाटर खान पाइने स्काई क्याफेमा प्रतिव्यक्ति दुईई हजार पाँच सय रुपैयाँ शुल्क लाग्छ भने भिडियो पनि त्यही शुल्कअन्तर्गत नै पाइन्छ ।

विशेषगरी युवाहरूको विशेष रोजाइको केन्द्र बनेको द क्लिफमा पर्यटकलाई नयाँ स्वाद दिने उद्देश्यले स्काई क्याफे सुरु गरिएको द क्लिफका अध्यक्ष राजु कार्कीले बताउनुभयाे । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया