१ दिन पनि टिकेन शेयर बजारको वृद्धि, नेप्से ३१ अङ्कले घटेर १९ सय विन्दुभन्दा तल

 असार ८, २०७९ बुधबार १५:३७:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लामो समयपछि हिजो मङ्गलवार बढेको शेयर बजार आज बुधवार भने दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव २१ अङ्कले घटेर एक हजार आठ सय ९३ दशमलव ५३ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेर बजार राताम्मे देखिएको छ । बीमा, विकास बैंक, जलविद्युत् र लघुवित्त समूहको शेयर उच्च अङ्कले घटेको छ । नेप्सेसँगै कारोबार रकम पनि निकै घटेको  छ । दुई सय २९ वटाे कम्पनीकाे ३० लाख ३४ हजार कित्ता शेयर ८४ करोड ३७ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नबिल बैंकको तीन करोड ३९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज सबैभन्दा धेरै अपर मार्दी हाइड्रो कम्पनीको शेयर साढे ६ प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि आँधीखोला लघुवित्त र ग्लोबल आईएमई समुन्नत स्किमको शेयर १० प्रतिशतले बढेको छ । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया