लेबनानका राष्ट्रपतिद्वारा नेपाली शान्ति सेनाकाे प्रशंसा

 असार ८, २०७९ बुधबार १७:४४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानसेनापति प्रभुराम शर्मा र लेबनानका राष्ट्रपति मिचेल अउनबीच भेटवार्ता भएकाे छ । लेबनानकाे औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति शर्मा र लेबनानका राष्ट्रपतिबीच आज बुधवार भेटवार्ता भएकाे हाे । 

भेटमा लेबनानका राष्ट्रपति अउनले नेपाली शान्ति सेनाहरूकाे योगदान, विशेषगरी लेबनानमा शान्ति स्थापनाका लागि ३१ नेपाली शान्ति सेनाले गरेको याेगदानकाे प्रशंसा गर्नुभयाे । साथै उहाँले स्थानीय समुदाय र नेपाली शान्ति सेनाबीचकाे उत्कृष्ट सम्बन्ध, पर्यावरण संरक्षण र अन्य सामुदायिक परियोजनामा नेपाली शान्ति सेनाले पुर्‍याएको योगदानको पनि प्रशंसा गर्नुभएको थियो । 

भेटमा प्रधानसेनापति शर्माले नेपालका राष्ट्रपतिको तर्फबाट लेबनानका राष्ट्रपति तथा लेबनानी जनतालाई पठाउनुभएको सद्‍भावना सन्देश जानकारी गराउनु भइ लेबनानी सरकारले नेपाली शान्ति सैनिकलाई गरेको समर्थन तथा सहयोगका लागि राष्ट्रपतिलाई धन्यवाद व्यक्त गर्नुभयाे । 

गएकाे असार ०४ गतेदेखि लेबनानकाे पाँच दिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति शर्मा आज नै भ्रमण दलसहित सिरिया प्रस्थान गर्नुभएकाे छ । 

तस्बिर : नेपाली सेना

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया