नागरिकता विधेयक अघि बढाउने प्रधानमन्त्री देउवाकाे प्रस्ताव

 असार ८, २०७९ बुधबार १९:२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सत्तारूढ पाँच दलीय गठबन्धनले संसदमा विचाराधीन नागरिकता विधेयकलाई अगाडि बढाउने निर्णय गरेको छ । 

आज बुधवार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकताको विधेयकलाई अगाडि बढाउने प्रस्ताव गर्नुभएको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो । उहाँले कतिपय नागरिकले बुबाआमा नेपाली नागरिक भए पनि नागरिकताविहीन हुनुपरेको भन्दै नागरिकताको समस्यालाई समाधान गर्न सरकार अघि बढेको बताउनुभयो । 

मन्त्री कार्कीले आजको बैठकमा शान्ति प्रक्रियालाई चाँडै निष्कर्षमा पुर्‍याउनका लागि पनि छलफल भएको बताउनुभयो । बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले शान्ति प्रक्रियाको बारेमा अहिलेसम्म प्राप्त विवरणको प्रगतिको प्रतिवेदन पनि प्रस्तुत गर्नुभएको उहाँकाे बताउनुभयो । 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया