रसुवागढी नाकामा जालसाजी गरी टोकन लिने गाडीलाई २ महिनासम्म निलम्बन गरिने

 असार ८, २०७९ बुधबार २०:२५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – रसुवागढी नाकामा जालसाजी गरी टोकन लिएको पाइएमा गाडीलाई दुई महिनासम्म निलम्बन गरिने भएको छ । रसुवागढी नाकाबाट सामग्री ढुवानी गर्ने कन्टेनरहरूले टिमुरे प्रहरी चौकीमा जालसाजी गरी टोेकन लिएको पाइएमा तथा भन्सार यार्डमा विभिन्न बहानामा चलखेल खरेर गाडी काठमाण्डौ गएको पाइएमा निलम्बन गरिने भएको हो । 

रसुवागढीदेखि काठमाण्डौसम्म सञ्चालन हुने ट्रक कन्टेनर व्यवसायीहरूको आज बुधवार भएको भेलाले योसहित विभिन्न पाँच बुँदे निर्णय गरेको हो । रसुवागढीबाट भन्सार यार्डमा सामान लिएर आएको कन्टेनर यार्डमा खाली गर्न परेको अवस्थामा त्यो गाडीको भाडा पाँच हजार रुपैयाँ कायम गरी भोलिपल्ट पहिलो नम्बर राखी रसुवागढीमा लोड गर्न पठाउने निर्णय भएको छ । भन्सार यार्डमा अलपत्र परेका सामानहरू गोदाम गर्न पालो नआएको गाडी व्यवसायीले निर्णय गरेर उपलब्ध गराउनुपर्ने छ । त्यो गाडीमा गोदाम गरेको सामान भरेको अवस्थामा क्युको गाडी लगेर लोड गरी काठमाण्डौ पठाउने व्यवसायीले बताएका छन् । 

गएको जेठ २५ गतेदेखि भन्सार यार्डबाट सामान लोड भएर जाने कन्टेनरले गाडीको पाटपुर्जा र इन्धनमा भएको मूल्यवृद्धि अनुसार रेडिमेडको भाडा एक लाख आठ हजार र स्याउ, लसुन लगायतको भाडा ८९ हजार रुपैयाँ कायम भएकोमा केही गाडीले पाएको र केहीले नपाएको गुनासो आएपछि बढेको भाडादर अनुसार चलानी बनाएर मात्र यार्डबाट गाडी पठाउने निर्णय भएको छ । 

यसैगरी डिटेनको सम्बन्धमा लोड भएको कन्टेनरले १० दिनपछि प्रतिदिन तीन हजार रुपैयाँ लिँदै आएकोमा केही गाडीले नपाएको गुनासो गरेपछि डिटेन चार्जलाई प्रभावकारी बनाएर लागू गर्ने भेलाले निर्णय गरेको छ । 

अन्तिम अपडेट: माघ १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया