सहरमा फाेहरकाे समस्या झनै विकराल बन्दै गयाे : मन्त्री झाँक्री

 असार ९, २०७९ बिहीबार १७:३७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सहरको फोहरको समस्या झनै विकराल बन्दै गएको बताउनुभएको छ । 

आज बिहीवार काठमाण्डौमा टुकुचा खोलाको फोहर पानी प्रशोधन केन्द्र शिलान्यास गर्दै मन्त्री झाँक्रीले सहरको फोहरको समस्या एक जना गरिबको समस्यालाई निवारण गर्नेभन्दा पनि ठूलो रहेको बताउनुभएको हो । उहाँले सहरमा फोहोरको समस्या विकराल रहेको भन्दै यसलाई बेलैमा हल गर्नुपर्ने बताउनुभयो । 

फोहर गर्नेसँगै रकम उठाएर फोहरको काम गर्न नसके पुस्तौँसम्म ऋणको भारी बोकिरहनुपर्ने मन्त्री झाँक्रीको भनाइ छ । उहाँले फोहर घरबाट चोक र खोलामा लगेर थुपार्ने परिपाटी बन्दै गएको भन्दै यसलाई बेलैमा व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सहरका समस्या झनै विकराल छन् । फोहरको समस्या एक जना गरिबको जीवनलाई निवारण गर्नेभन्दा झनै ठूलो छ । आफूले गरेको फोहर ढल, ढलबाट खोलामा र बाहिर ल्याएर चोकमा थुपार्ने संस्कृति बढेर आएको छ । अब जसले फोहर गर्छ उसैसँग पैसा उठाएर काम गर्नुपर्छ भन्ने कुरा स्थापित गर्न सकेनौँ भने पुस्तौँ पुस्तासम्म ऋणको भारी अर्को पुस्तालाई हस्तान्तरण गर्नेछौँ ।’मन्त्री झाँक्रीले असफलताबाट सिकेको पाठलाई अब नयाँ ढङ्गले अघि लैजान आवश्यक रहेको पनि बताउनुभयो । 

इक्षुमती वा तुखुचा (अपभ्रंस टुकुचा) खोला काठमाण्डौको मध्य भागबाट बग्ने गर्छ । तर अव्यवस्थित सहरीकरणका कारण खोला प्रदूषित र अतिक्रमण भएको छ । ट्रिटमेन्ट प्लान्ट बनाएपछि फोहर पानी प्रशोधन हुने र त्यसलाई बाग्मती नदीमा मिसाउने योजना रहेको छ । प्रशोधनका बेला निस्किएको स्लजलाई प्रशोधन केन्द्रबाट बायोग्यास उत्सर्जन गर्न प्रयोग गर्ने योजना छ । यसबाट एक लाख ४५ हजार मानिस लाभान्वित हुने सरकारले विश्वास गरेको छ । यस परियोजनाअन्तर्गत घाटहरूको मर्मत र पुनस्र्थापना गर्ने कार्ययोजना छ । 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया