लगातार ओह्रालाे लागेकाे शेयरमा आज केही सुधार

 असार १०, २०७९ शुक्रबार १३:२४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो समय निरन्तर ओह्रालाे लागिरहेको शेयर बजारमा आज भने केही सुधार भएको छ । आज शेयर बजार परिसूचक नेप्से १३ दशमलव ७८ अङ्कले बढेर एक हजार आठ सय ६२ दशमलव ०६ बिन्दुमा पुगेको छ ।

आज म्युचल फण्ड बाहेक सबै समूहको शेयर बढेकोमा बिमा र विकास बैंक समूहको शेयर उच्च अङ्कले बढेको छ । आज दुई सय २३ वटा कम्पनीका ३५ लाख ४१ हजार कित्ता शेयर एक अर्ब १५ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै कुमारी बैंकको आठ करोड ६३ लाख रुपैयाँको शेयर किनबेच भयो । न्यादी जलविद्युत आयोजनाको शेयर १० प्रतिशतले बढेको छ । बजार बढे पनि आधिखोला लघुबित्त बित्तीय संस्थाको शेयर सात प्रतिशत भन्दा धेरैले घटेको छ । 

अन्तिम अपडेट: असार ११, २०७९

तपाईको प्रतिक्रिया