अर्घाखाँचीको मालारानीमा श्रीमतीको हत्या आराेपमा श्रीमान् पक्राउ

 असार १०, २०७९ शुक्रबार १९:५३:४ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - अर्घाखाँचीको मालारानी गाउँपालिका-२ डाँडाकटेरीमा श्रीमतीकाे हत्या आराेपमा श्रीमान् पक्राउ परेका छन् । 

डाँडाकटेरीका २७ वर्षीय कमल भुसाललाई २७ वर्षीया श्रीमती सरु भट्टराई भुसालको हत्या आराेपमा पक्राउ गरिएकाे  जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक अर्जुन पौडेलले बताउनु भयाे । 

भुसालले आफूहरु दुबै जना घरबाट नजिकैको जङ्गलमा घाँस दाउरा  लिन गएकाे र आफूले कम्मरमा बाँधेको गम्छाले श्रीमतीको घाँटी कसेर हत्या गरेकाे बयान दिएका प्रहरी निरीक्षक पाैडेलले बताउनु भयाे ।  श्रीमतीकाे हत्यापछि भुसाल आफैँ प्रहरी चाैकी पुगेका थिए । 

प्रहरी निरीक्षक पौडेलले घटना बारे अनुसन्धान भइरहेको जानकारी दिनुभएकाे छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया