सिन्धुपाल्चाेककाे हेलम्बु र मेलम्ची आसपासमा बाढी : फट्टेको अस्थायी पुलमा क्षति

 असार ११, २०७९ शनिबार ८:४६:३४ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चाेक - सिन्धुपाल्चाेकको हेलम्बु र मेलम्ची आसपासमा गएराति बाढी आएको छ । बाढीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ।

गएको वर्ष असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी पुलको रूपमा ह्युमपाइप हालिएको थियो । स्थानीय बासिन्दा घर छोडेर सुरक्षित ठाउँमा गएका थिए । मध्यराति घर छोडेर अग्लो ठाउँमा गएर बसेको हेलम्बुकी प्रभा भण्डारीले बताउनुभयो ।

अस्थायी पुलमा क्षति पुगेसँगै सडक बन्द भएको स्थानीय दशरथ दनुवारले बताउनुभयो । अस्थायी पुलमा क्षति भएपछि हेलम्बु, मेलम्ची र पाँचपाेखरी थाङ्पालका ६ वटा वडाका नागरिक प्रभावित भएका छन् ।

अघिल्लो वर्ष असार १ र साउन १६ मा आएकाे बाढीले हेलम्बु र मेलम्चीमा रहेका माेटरेबल र झाेलुङ्गे पुलमा क्षति पुगेकाे थियाे। हिउँदमा सहज भए पनि वर्षायाम लागेसँगै स्थानीयलाई  आवतजावतमा समस्या भएकाे छ ।

वैकल्पिक बाटाे प्रयाेग गर्दा लामाे समय लाग्ने गरेकाे छ । हेलम्बुकाे चनाैटेमा सेनाले बेलीबृज बनाएकाे छ भने मेलम्चीमा बाहुनेपाटी पुग्नुपर्ने बाध्यता रहेकाे छ। 

अन्तिम अपडेट: बैशाख १३, २०८१

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया